उदयपुर । उदयपुरमा एक बलात्कार मुद्धामा अदालतले ओरोपितलाई ९ वर्ष कैदको सजाय सुनाएको छ । शारीरिक अशक्त ३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका १६ का ४३ वर्षीय भिमबहादुर तामाङलाई जिल्ला न्याधिश मनोज केसीको इजालसले ९ वर्ष कैदको फैसला सुनाएको हो ।
केसीको एकल इजलासले तामाङलाई दोषी प्रमाणित गर्दै ८ वर्ष कैद र पीडित शारीरिक अशक्त महिला भएकाले त्यसवापत थप १ वर्ष गरी ९ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको अदालतले जनाएको छ । असक्त महिलामाथि बलात्कार गरेको अभियोगमा तामाङविरुद्ध ०७६ जेठ १२ गते पीडित परिवारले प्रहरीमा उजुरी दिएका थियो । उजुरीका आधारमा प्रहरीले पक्राउ परी अनुसन्धानमा रहेका तामाङलाई अदालतले ०७६ असार ४ गतेको फैसला अनुसार पुर्पक्षका लागि थुना आदेश दिएको थियो ।









