उदयपुर । उदयपुरमा चोरीको आरोपमा तीन युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका ३ ठाडी मुसहरी टोल बस्ने मिन बहादुर ठकुरीको घरमा चोरी गरेको आरोपमा तीन युवा पक्राउ परेको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ मोतिगडा ठाडीका २५ वर्षिय धिरज पाण्डे, सोही ठाउँका २४ वर्षिय अरबिन्द चौधरी र त्रियुगा नगरपालिका १२ बस्ने १९ वर्षिय गणपत भन्ने अम्बर विक पक्राउ परेका छन् ।
उनीहरुले ४ वटा मोबाइल र २ थान कानमा लगाउने टप चोरी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया