उदयपुर । उदयपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१० सोरुङ्ग छविसे राम्चेका ६६ बर्षीय बलबहादुर सुनुवारको मृत्यु भएको हो ।
स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक विच सोमवार राती ९ बजे विवाह भोजमा बादबिबाद भई कुटपिट हुँदा बलबहादुर घाईते भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीले जानकारी दिए । उनका अनुसार घाईते भएका बलबाहादुरको कटारी अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो २ बजे मृत्यु भएको बताए ।
कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ भने सत्य तथ्य तथा थप अनुसन्धानको लागि विवाहमा सरिक भएकाहरुलाई बोलाउने काम भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया