उदयपुर । उदयपुरमा लागूऔषध सहित तीन जना युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ ईमाटोल स्थित सोम बहादुर राईको घरबाट बुधबार राति ८ः३० बजेको समयमा लागूऔषध सहित तीन युवा पक्राउ परेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नपा ११ ईमाटोल बस्ने १९ वर्षिय प्रगत राई, त्रिनपा १२ ज्योति नगर बस्ने २१ को निश्चल चौधरी र सोही वडा ईन्द्रेणी टोल बस्ने १४ वर्षिय राजेन्द्र कार्की लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए ।
उनीहरुको साथबाट नाईट्रोजेपाम १८ पिस (गोटी), गाजाँ २५० ग्राम सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।









