कास्की । पोखरामा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु भएको छ । बाटो खन्ने क्रममा झरेको ढिस्कोले सात जना पुरिएका हुन् । पोखरा महानगर–२० मौजामा बाटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरुलाई पुरेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङले दिएको जानकारी अनुसार तीनजनाको शव निकालिएको छ । अन्यको उद्धार कार्य जारी छ ।
महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो ।

तपाईको प्रतिक्रिया