राजेन्द्र महतो, लहान । सिरहाको करजन्हा नगरपालिका ६ बाट प्रहरीले करिब ३ सय गाँजाको बोट फडानी गरी नष्ट गरेका छन् ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको गस्ती टोलीले उक्त स्थानमा उम्रिएको गाँजाको ३ सय बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका जनाएको छ ।
गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । नेपालमा एक किलो गाँजा एक हजारदेखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरेको पाइन्छ ।
नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई दिईने गरिएको छ ।









