सुनसरी । सुनसरीको दुहवी नगरपालिका ९ छातावेली बस्ने लक्ष्मण चौधरीको ३ बर्षीय छोरा राजन चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ । घर छेउमै खेल्दा खेल्दै हराएका बालकको खोजतलास गर्ने क्रममा राती १० बजे घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी उपचारको लागि बिराट मेडिकल कलेज लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया