खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ डाँडाखर्क बस्ने १९ वर्षीय बिशाल भन्ने मिलन राईको छिमेकीको कोदालो प्रहारबाट मृत्यु भएको छ । विहिबार राति १० बजेको समयमा स्थानीय २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मिलनको मृत्यु भएको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले पवन राई लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया