उदयपुर / नापी शाखा कार्यालय उदयपुरका कर्मचारीले एउटा ब्यक्तिको घर जग्गा अर्कै ब्यक्तिका नाममा नक्सा तयार पारी नयाँ कित्ता कायम गरेर साविक घर धनिलाई उठिबास गराउन लागेकोले न्याय पाउ भन्दै उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित दुर्गाटोलका स्थानीयले बुधवार जिल्ला अदालतमा धर्ना तथा नापी शाखा कर्यालयमा नारा जुलुस सहित प्रदर्शन गरेका छन ।
साविक त्रियुगा नगरपालिका– ३ स्थित गाईघाट ३ क को कित्ता नम्बर ९९५ ईन्द्रबहादुर भट्टराईको नाममा रहेको १० धुर जग्गा रन्जु अधिकारीले २०५३ साल असार १७ गते मालपोत कार्यालयमा रजिष्टेशन पास गरि लिई हाल कित्ता नम्बर ११४३ कायम भएकोमा त्यसलाई बदर गरि पाउँ भनि जिल्ला अदालत उदयपुरमा अशोककुमार साहले मुद्धा दर्ता गरेपछि आप्mनो घर घजग्गा थाहै नपाई अर्काको नाममा कायम गरिएको रहेछ पिडित रन्जु अधिकारीका श्रीमान भुबन अधिकारीले बताए ।
नापी शाखा कार्यालय उदयपुरको कर्मचारीको लापरबाहीले गाईघाटका अधिकारी परिवार सुकुम्बासी बन्न लागेको हो । मालपोत कार्यालय उदयपुरले दिएको आदेश भन्दा फरक तरिकाले नापी शाखाका अमिनले जग्गाको कित्ता काड् गरेपछि अहिले त्रियुगा नगरपालिका– १२ डिएमग्रेडस्थित रन्जु अधिकारी अन्यायमा परेको हो । मालपोत कार्यालय उदयपुरमा जयबहादुर राई नाम दर्ता जग्गा २०४९÷१२÷१७ गतेका दिन नेत्रबहादुर पौडेलको नाममा १ कठ्ठा १० धुर जग्गा रजिष्टेशन पास भएको अभिलेख छ । मालपोत कार्यालयले जयबहादुर राई नाम दर्ता कित्ता नं. ८७४ को १६ कठ्ठा १ धुरबाट कित्ता कार्ड गरि पौडेलको नाममा दर्ता गरि दिन नापी शाखालाई आदेश दिएको भएता पनि नापी शाखाका तत्कालिन कर्मचारी भरतप्रसाद गुप्ताले जयबहादुर राईकै अर्कै ३ कठ्ठाको कित्ता न. ८१७ बाट कित्ता कार्ड गरि पौडेलको नाममा रजिष्टेशन पास गरेको देखिन्छ ।
पौडेलपछि सो जग्गा साविक त्रियुगा नगरपालिका– ३ गाईघाट ३ क को कित्ता नम्बर ८८३ नम्बरको कित्ताबाट पौडेलले अर्को एक जनालाई बिक्रि गरे १० धुर त्यसपति सो जग्गा कित्ता न. ९९४ र ९९५ कायम भयो । कित्ता न. ९९५ बाट ईन्द्रबहादुर भट्टराईले किने १ कठ्ठा त्यसबाट १० धुर जग्गा रन्जु अधिकारीले २०५३÷०३÷१७ गते मालपोत कार्यालयमा रजिष्टेशन पास गरि लिई हाल कित्ता नम्बर ११४३ कायम भएको छ । अधिकारी परिवारले जग्गा किनेपछि सो जग्गामा घर निर्माण गरि हाल सम्म भोग चलन गर्दै आएको स्थानीयबासी बताउँछन । पिडित अधिकारी भन्छन् आफुले २०५३÷०३÷१७ गते मालपोत कार्यालय उदयपुरमा रजिष्टेशन पास गरि लिएको जग्गामा त्रियुगा नगरपालिकाबाट २०५६÷८÷१२ घर नक्शाको ईजाजत लिई एक तले घर निर्माण गरि बसेको बताउँछन । रन्जुका श्रीमान भुवन अधिकारी भन्छन आफुले जिवन भर कमाई गरि बनाएको यो एउटा घर हो । आफुले भोग चलन गरेको २२ वर्षपछि घर जग्गा साहले मेरो भन्दै मुद्धा हालेपछि आफु दुखि भएको अधिकारीले बताए । कर्मचारीको लापरबाहीले गर्दा यस्तो भयो भन्छन् तर आफुलाई कर्मचारीले के ग¥यो थाहा नभएको रन्जु अधिकारीको भनाई रहेको छ ।
नापी कार्यालयको लापरबाहीले पौडेललाई नै कित्ता गरि दिएको जग्गा जग्गावाला जयबहादुर राईसँग २०५९÷०१÷०९ गते मालपोत कार्यालय उदयपुरमा अशोककुमार साहले ससिम कित्ता ३ कठ्ठा जग्गा रजिष्टेशन पास लिएको देखिन्छ । सोही जग्गा पौडेलको नाममा कित्ता कार्ड भई सकेपछि मालपोत कार्यालयको अभिलेखमा वा मोठमा उल्लेख हुनु पर्नेमा त्यसो नभई राईकै नाममा ३ कठ्ठा रहनुले पनि नापीका कर्मचारीले मालपोत कार्यालयमा जानकारी नदिएको वा मालपोतको कर्मचारीले नै अभिलेखमा चढाएर जग्गा घटाउने काम नगरेको जस्तो देखिन्छ एक जना कानुन ब्यवसायीको भनाई रहेको छ ।
आफुले खरिद गरेको जग्गामा अर्कैले घर बनाएर बसेको पाईएपछि जिल्ला अदालतमा नापी शाखा, मालपोत, अधिकारी लगायतलाई बिपक्षी बनाएर मुद्धा दिएको अशोककुमार साहले बताए । नापी शाखाका कर्मचारीको लापरबाहीले आफुले खरिद गरेको जग्गा अधिकारी लगायत ३ जनालाई कित्ता कार्ड गरि दिएको भेटिएपछि नापी बिभाग सम्म आफु पुगेको जानकारी दिए । नापी बिभागले च.न. ३३७ मिति २०७४÷१२÷२१ गते नापी शाखा उदयपुरलाई पत्र लेखि कर्मचारीको लापरबाहीले गर्दा त्रृटि हुन पुगेकाले त्यसलाई जग्गा नाप जाँच ऐन अनुसार नक्शा सुधार गरि दिन आग्रह गरेको साहले बताए । उनले भने आफुले जयबहादुर राईसँग जग्गा किन्दा ससिम कित्ता रहेको त्यसमा मालपोत कार्यालयमा कित्ता कार्ड भएको देखिएको थिएनन् । पहिला नै कित्ता कार्ड भई बिक्रि भई सकेको भए किन यस्तो जग्गा किनिन्थ्यो र ?
नापीको कर्मचारीको लापरबाहीले गर्दा हामी चार जनाले दुख पाई रहेको छ साहले भने, मैले २०६८ सालेदेखि मुद्धा धाउनु परेको बताउँदै साहले भने यसको क्षतिपूर्ति कसले दिने हो, लापरबाही गर्ने कर्मचारीलाई कारबाही हुदैन् । लापरबाही गर्ने कर्मचारीबाट हामी चार जनाले क्षतिपूर्ति पाउनु प¥यो साहको भनाई रहेको छ । नत्र हामीलाई राज्यले नै क्षतिपूर्तिको ब्यवस्था गर्नु पर्दछ साहले भने ।
पिडित अधिकारीका अनुसार अशोककुमार साहले नापीका अमिनसँगको मिलेमतोमा नक्शा कित्र्ते गरि संशोधन गरेको आरोप लगाए । अधिकारीको जग्गा नाप जाँच गर्न जाने क्रममा नापी शाखाले ल्याएको नक्शा संशोधन गरेर ल्याएको र उक्त नक्शा र पुरानो नक्शामा जग्गाको कित्ता नम्बर ९१७ लाई नापीका कर्मचारीको मिलेमतोमा कित्र्ते कित्ता नम्बर ८१७ बनाईएको रहेछ । नापी शाखा कार्यालयमा रहेको पुरानो नक्शामा कायम रहेको कित्ता नम्बर भन्दा अहिले बनाएर ल्याएको नयाँ नक्शामा कित्ता नम्बर फरक भयो स्थानीय विश्वमोहन राईले भने ।
उनले भने अधिकारीले २० वर्ष अघि जग्गा खरिद गरि घर बनाएर बसेको छ , साहले २०५९ सालमा सो जग्गा खरिद गरेको भनिएको छ । तर लामो समय देखि घर निर्माण गरि बसोबास गरेको अधिकारीलाई नापी कार्यालयका कर्मचारीको मिलेमतोमा किर्ते नक्शा बनाएर उठिबास लगाउँन खोजिएको छ । त्यसको बिरोधमा स्थानीयबासीले नापी कार्यालयमा नारा जुलुस तथा प्रदर्शन गरि अदालतमा अधिकारीले न्याय पाउनु पर्ने भन्दै धर्ना दिएको राईले बताए ।
यो समाचार पनि पढ्नु होस्
उदयपुरमा नापी कार्यालयको कर्मचारीको मिलेमतोमा किर्ते गरि नक्शा संशोधन