उदयपुर । उदयपुरको कटारी नगरपालिकाको पाँचौ नगर सभाले ८२ करोड ६५ लाखको बजेट पास गरेको छ ।
आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पास गरेका छन् । कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट पास गरेका हुन् ।
स्वास्थ्यमा कोरोना संक्रमणबाट बचाउन नगरपालिकाले करोड बढी रकम विनियोजन गरेको नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । त्यसैगरी नगरमा यस वर्षको बजेटले कृषिलाई पहिलो प्राथमिकतामा राखेको पनि मेयर श्रेष्ठले बताए ।
नगर सभाले गडागत ७५ लाखको दरले बजेट विनियोजन गरेको छ । नगरले आइतबार पत्रकार सम्मेलन गरी बजेटको विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको पनि मेयर श्रेष्ठले जानकारी दिए ।









