उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ मा एक व्यक्ति मृत फेला परेका छन् । त्रियुगा नगरपालिका ९ बस्ने अन्दाजी ४५ वर्षिय नारायण दनुवार पौने चार बजे मृत अवस्थामा फेला परेका छन् ।
सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा पठाएको छ भने मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









