राजेन्द्र महतो, लहान । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ मैनाबत्ति पुलमा ट्रकको ठक्करबाट बिहीबार एक महिलाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख. ३३०९ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री धनगढीमाई नगरपालिका–१० की ३५ वर्षीया विन्दा साफीको घट्नास्थलमै मृत्यु भएको हो ।
साइकलमा सबार साफी विष्णुपुर गाउँपालिकामा आफन्तकोमा गईरहेका बेला मैनाबत्ति पुलको बीचमा एकैपटक दुईवटा ट्रक आउँदा डराएर साइकल अनियन्त्रित भएपछि साइकल ट्रकमा ठोक्किएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए । ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए । शव पोष्टमार्टमका लागि अस्पताल लहानमा राखिएको छ ।

तपाईको प्रतिक्रिया